

१२७२ संक्रमित थपिए, १६ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा १५७५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

