बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु


बैतडी – बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गए राती डिलाशैनी गाउँपालिका- ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया