पोखरामा एक संक्रमितको मृत्यु, गण्डकीमा मृतक संख्या १६३ पुग्यो


कास्की – पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना संक्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका—८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । डा. शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म गण्डकी प्रदेशमा १२ हजार २ सय ९७ संक्रमित पुगेका छन् भने ती मध्ये ७ हजार २ सय ४३ निको भएका छन् भने ४ हजार ८९२ जना सक्रिय संक्रमित रहेका छन् ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

प्रतिक्रिया