प्रचण्डलाई खुमलटारमा भेटेर उपप्रधानमन्त्री पोखरेल शितलनिवास पुगे


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल शितलनिवास पुगेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेट गरी उनी सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नका लागि शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार पुगेका उनी प्रचण्डले दिएको जवाफ बोकी शितलनिवासमा परामर्शका लागि पुगेको उच्च स्रोतले जनाएको छ।

नेकपाको विवाद समाधानका निम्ति राष्ट्रपति भण्डारी सक्रिय भएकी थिइन्। उनले बिहीबार नेकपा अध्यक्षहरू ओली र प्रचण्डसँग कुराकानी गरेकी थिइन्।

प्रतिक्रिया