अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन


काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन चयन भएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा निकट पञ्चा सिंहलाई अध्यक्ष बनाएपछि सन्तुलन मिलाउन बर्षमान पुननिकट दिपेशलाई महासचिवमा सर्वसम्मत गरिएको हो।

दिपेश पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। उनी अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए। आगामी कार्यकालको नेतृत्व सम्हाल्ने योजनासहित दिपेशलाई महासचिवमा सर्वसम्मत गरिएको हो।

प्रतिक्रिया