भारतीय कांग्रेस नेतृ गान्धी प्रहरी नियन्त्रणमा


काठमाडौं — किसानहरुको आन्दोलनमा सहभागी हुन जान लागेकी भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले गान्धीलाई सोमबार बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गान्धी उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले गान्धीलाई पक्रनका लागि गाडीहरु चेकिङका क्रममा सितापुरको हरगाउँमा फेला पारेर उनलाई नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।

प्रतिक्रिया