

ओलीको प्रतिवेदनः कांग्रेस मुख्य प्रतिष्पर्धी, प्रचण्डको विभाजनकारी सोचमा विमति (पूर्णपाठ)

काठमाडौं– नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उनले नेपाल कम्युनिस्ट आन्दोलनको उठानदेखि पछिल्लो चरणको विभाजनसम्मका विषयलाई समेटेर प्रतिवेदन तयार पारेका छन्।
शुक्रबारदेखि ललितपुरको गोदाबारीमा सुरु भएको महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनमा नेपाली कांग्रेसलाई मुख्य प्रतिष्पर्धी भनेका ओलीले माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विभाजनकारी, विखण्डनवादी सोचमा विमति रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्।
माधवकुमार नेपाललाई छाडेर एमालेको मूलप्रवाहमा आएका नेता कार्यकर्तालाई प्रतिवेदनमा धन्यवाद दिइएको छ।

