
एमाले विधान महाधिवेशनः ३ हैन ५ उपाध्यक्षको प्रस्ताव, अरु पदमा के–के छन्?
काठमाडौं– नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनमा ५ जना उपाध्यक्ष र ६ जना सचिवको प्रस्ताव गरिएको छ। एक अध्यक्ष र एक महासचिवसहित पदाधिकारीका निम्ति यो संरचना प्रस्ताव गरिएको हो।
यसअघि केन्द्रीय कमिटीको बैठकमा तीन उपाध्यक्ष र ७ सचिव प्रस्ताव गरिने चर्चा थियो। २१२ जना केन्द्रीय सदस्यसहित २२५ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ।
प्रत्येक प्रदेशका अध्यक्ष केन्द्रीय कमिटीका पदेन सदस्य हुने पनि प्रस्तावमा उल्लेख छ। वितरण गरिएको प्रस्तावमाथि छलफल गरी निचोडमा पुगिने एक नेताले बताए।
प्रस्तावमा उपमहासचिव पद खारेज गरिएको छ।



कागजपत्र |
