दार्जलिङमा नेपालका साइकल यात्री ‘वर्ष लिगलिगे राजा’ मल्ल प्रथम


काठमाडाैं – भारतकाे दार्जिलिङमा भएकाे ‘दार्जिलङ एमटीबी एक्सी रेस २०२१’ (Darjeeling MTB XC Race 2021) प्रतियोगितामा नेपालका साइकल यात्री लक्ष्मण मल्ल प्रथम भएका छन् ।

प्रतियोगिता विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएकाे  थियाे । ग्रीन टी भ्याली इकाे रिसार्ट (Green Tea Valley Eco Resort) बाट शुरु गरिएको साईकलिङ ४१.७१ कि. मि. दुरीमा रहेको टाइगर हिल क्याफे (Tiger Hill Cafe) मा गएर  सकिएको थियाे । मल्लले उक्त दुरी २ घण्टा ४४ मिनेट ७ सेकेन्डमा पार गर्दै मल्ल प्रथम भएका हुन् ।

त्यसैगरी मल्ललाई पछ्याउदै २ घण्टा ४९ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी सुरज राना मगर द्वितीय, ३ घण्टा ३ मिनेट ४६ सेकेन्ड समय लगाएर किरण लिम्बु तृतीय भएका छन् । यस्तै प्रतियोगीतामा चाैंथो देखी दशौं स्थानमा क्रमश मार्क ब्रेट, फुन्शोक स्यान्ङ्वो, घनश्याम राई, आकाश चौधरी, दिशान्त क्षेत्री, तेन्जी लोदेन शेर्पा र ताशी फेन्चोक शेर्पा भएका छन्।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा दुवाथोलन खेलबाट प्रतिनिधित्व गरेका मल्लले नेपाललाई रजत पदक समेत दिलाएका छन् । यस्तै गत फागुनमा भएकाे ‘लिगलिगे साइकल दौड’ प्रतियाेगितामा मल्ल प्रथम प्रथम भएसँगै उनलाई एक वर्षे लिगलिगे राजाकाे उपाधिसमेत पाएका छन् ।

प्रतिक्रिया