काठमाडौँको वानेश्वर क्याम्पस नजिकै शव भेटियो


काठमाडौं – काठमाडौको वानेश्वर क्याम्पस नजिकै आज (बिहीबार) बिहान एक जनाको शव भेटिएको छ ।

क्याम्पस अगाडिको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मिनबहादुर लामाले जानकारी दिए ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोस्टमार्टम पछि थाहा हुने उनले बताए ।

प्रतिक्रिया