पोखरा विमानस्थलको ८५ प्रतिशत निमार्ण कार्य सम्पन्न


काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत सकिएको छ । टर्मिनल, एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएको छ भने ट्याक्सी–वे, एप्रोन, पार्किङ लगायतका काम पनि सम्पन्न भइसकेको छ ।

बत्ती जडान, कार पार्किङ, तारबार लगाउने काम पनि सम्पन्न भएको छ । विमानस्थलको भित्रको सडकको ७० प्रतिशत र विमानस्थल वरिपरिको नाला निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

२२ अर्ब रुपैयाँको लगानीमा निर्माण भईरहेको पोखरा विमानस्थलबाट आगामी जनवरी १ बाट आन्तरिक उडान र बैशाखदेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम भईरहेको विमानस्थल आयोजनाले जनाएको छ ।

प्रतिक्रिया