च्याम्पियन्स लिगः बार्सिलोनाको अर्को लज्जास्पद हार


काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समूह चरणको दोस्रो खेलमा पनि स्पेनिस क्लब बार्सिलोनाले लज्जस्पद हार ब्यहोरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० गोलले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोनामाथि जित निकाल्न बेन्फिकाका ड्रोइन नुनेले दुई गोल गरे ।

त्यस्तै राफा सिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमा नुनेले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाए । ६९औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे ।

७९औं मिनेटमा नुनेले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए । खेलको ८७औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो ।

बार्सिलोनाका इरिक ग्रासियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । जितसँगै बेन्फिका समूहको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल खेलेमा ४ अंक जोडेको छ । पराजित बार्सिलोना पुछारमा छ ।

प्रतिक्रिया