एभरेष्ट प्रिमियर लिगमा आज दुई खेल हुने


काठमाडौं – काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी—ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं र चितवनबीचको खेल बिहान ९ः३० बजे शुरू हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा छ ।

भैरहवा र ललितपुरबीचको खेल दिउँसो १ः३० बजे शुरू हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्न चाहन्छ भने ललितपुर पहिलो जित निकाल्न चाहन्छ ।

प्रतिक्रिया