विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएर मृत्यु


मकवानपुर – राक्सिराङ गाउँपालिका-८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका-८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका-८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया