पाँचतारे मेची क्राउनलाई पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट होटलको सम्मान


काठमाडौं– झापाको धुलाबारीस्थित पाँचतारे होटललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट होटलका रुपमा सम्मान गरेको छ।

४२ औं पर्यटन दिवसका अवसरमा मंगलबार उक्त होटललाई सम्मान गरिएको हो। मेची क्राउन प्रदेश १ को पहिलो पाँचतारे होटल हो। अध्यक्ष पवित्र कुमार कार्कीले सम्मान पत्र लिएको होटल प्रशासनले जनाएको छ।

प्रदेश १ को सुदूरपूर्वमा खुलेको उक्त होटल पूर्वी क्षेत्रको आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षणको केन्द्र बनेको छ। उक्त होटलमा गएको बर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्ववडामहारानी कोमल शाहको जन्मदिन मनाएका थिए।

प्रतिक्रिया