सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै


काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दामा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा आजको सुनुवाई हुने भएको हो ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक–पटक पेसी चढ्दै आएको छ ।

सभामुख सापकोटाविरुद्धको  यस मुद्दा संवैधानिक इजलासको बुधबारको सुनुवाइमा पहिलो नम्बरमै पेसीमा राखिएको छ ।

प्रतिक्रिया