ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै


काठमाडाैं – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोज तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्न लागेका हुन् ।

ललितपुर र पोखराको खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । ललितपुर उद्घाटन खेलमा काठमाडाैं किङ्स इलाभेनसँग पराजित भएको थियो । त्यस्तै पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो ।

त्यस्तै भैरहवा र विराटनगरबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ। विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया