बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने दिन कार्तिक ७ र ८ गते
काठमाडौं – आगामी कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन एसहित जुकाको औषधि तथा बालभिटा खुवाउने सरकारको तयारी छ ।
कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गरिँदै छ ।
यसअघि यो कार्यक्रम कात्तिक २ र ३ गते राखिएकोमा दसैंको अवधि परेकाले मिति परिवर्तन गरिएको स्वास्थ्य समन्वय महाशाखाले जनाएको छ । ७५३ स्थानीय तहलाई आवश्यक समन्वय गरी सहजीकरण गर्न महाशाखाले आग्रह गरेको छ ।