क्याप्टेन शेर्पा : जसले ७३ यात्रुसहित बुद्ध एयरको जहाजलाई सुरक्षित अवतरण गराए


काठमाडौं – सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन 9N-ANI, उडान नम्बर ७०१ को जहाजको ककपिट कमाण्ड सम्हाल्दै दिए आङगेलो शेर्पा ।

बुद्ध एयरका अनुभवी एवं सिनियर पाइलट क्याप्टेन विराटनगरको आकाशमा पुगिसकेका थिए । अवतरण गर्ने तयारी गरिरहेका बेला विमानको ल्यान्डिङ गेयर नखुलेपछि शेर्पाले विमानको पुनः उचाई बढाए । जसका रहेका यात्रुहरु एक्कासी आत्तिए । ओर्लिनै लागेको जहाज एक्कासी उचाई बढाउँदै गएपछि अत्तालिएका यात्रुहरुलाई चालकदलले विश्वस्त दिलाउँदै धैर्यता राख्न अनुरोध गरे ।

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि शेर्पाले जहाजलाई विमानस्थलसँगको समन्वयमा सिधै काठमाडौंतर्फ डाइभर्ट गरे । विराटनगरभन्दा सम्भावित फोर्स ल्यान्डिङका लागि काठमाडौं सुरक्षित भएकोले शेर्पाले जहाजलाई काठमाडौंतर्फ डाइभर्ट गरेका थिए ।

त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण गराउनुपूर्व विमानमा रहेको इन्धन सकाउनका लागि शेर्पाले काठमाडौंको आकाशमा २ घन्टासम्म घुमाए । त्यस समय त्रिभुवन विमानस्थलमा आवश्यक पूर्वतयारीका लागि पर्याप्त रह्यो । २ घन्टा घुमेपछि विमानस्थलको कोटेश्वर साइडबाट जहाजलाई विमानस्थलमा अवतरण गराइएको थियो ।

जहाज धावनमार्गमा अवतरण गरिसकेपछि दुवैतर्फबाट दमकल र एम्बुलेन्सले जहाजको पिछा गरेका थिए, जुन सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गरिएको विमानस्थलले जनाएको छ ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌ंमा सुरक्षित अवतरण गराएका थिए । विगत लामो समयदेखि बुद्ध एयरका विमान चलाउँदै आएका शेर्पाको कुशलता र धैर्यताले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन ।

जहाजमा ६८ वयस्क, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका अनुसार जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरेका थिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गरे । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइएको बुद्ध एयरले जनाएको छ ।

 

प्रतिक्रिया