

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने आचार्यको घोषणा

काठमाडौं – गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बेलायत निवासी आचार्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।
एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए ।

