सामान्य अंकले बढ्यो शेयर बजार, सात अर्ब ७२ करोडमाथिकाे काराेबार रकम


काठमाडौं – शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले बढेको छ । २.७० अंकले बढेर बिहीबार नेप्से परिसूचक २८१९.६५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचांक १.९३ अंकले बढेर ५३०.०२ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये ११ उपसूमहको सूचांक भने गिरावट आएको छ । बैंक र फाइनान्स समूहको शेयर सामान्य बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेको छ । यस्तै प्राइम लाइफ इन्स्याेरेन्स कम्पनीको ६ र नेपाल बैंक तथा नेपाल बङ्गलादेश बैंकको शेयर पाँच प्रतिशभन्दा धेरैले बढेको छ ।

बिहीबार २२८ कम्पनीका १,५७,१४,२६६ कित्ता शेयर किनबेच हुँदा ७,७२,६३,७१,०२९ रुपैयाँ कारोबार भएको छ ।
लगातार घटिरहेको शेयर बजार मंगलबार, बुधबार र बिहीबार बढेको हो ।

प्रतिक्रिया