सवारी दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौं – सुनसरी, ईटहरी उपमहानगरपालिका-२ बरगाछीस्थित कोशी राजमार्गमा को.३० प ६२१७ नम्बरको स्कुटरलाई को.२ त ५३१७ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया निरा प्रधानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

यसैगरी सुनसरी, बर्जु गाउँपालिका-२ टेङ्ग्रा खोलास्थित सडकमा को.१८ प २७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेर बुधबार राति दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय राजेश यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँ, ऋषिङ गाउँपालिका-६ ढुङ्गा गाडेस्थित सडकमा ग.१ त ५४७८ नम्बरको टयाक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हँदा ट्याक्टर चालक ब्यास नगरपालिका-१० बैरेनी बस्ने करिब २० वर्षीय लोक बहादुर बोटेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया