करेन्ट लागेर मृत्यु  


काठमाडौं – सिरहा, कर्जन्हा नगरपालिका-६ बडहरा मिर्चैया बस्ने २२ वर्षीय अशोनी कुमार झाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा कलको धारामा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर गम्भीर घाइत भएका उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । साथै करेन्ट लागेर घाइते भएकी उनकी आमा ४५ वर्षीया अभिलासा झाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-६ सैतानपुर बस्ने २६ वर्षीय कामलिस माझीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया