

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित ठमेलमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं – ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताए । ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताए । ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे ।
रात्रिकालीन व्यवसायीले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौँ की आत्महत्या गरौँ’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायी सडक छेउमा उभिएका थिए ।
विभिन्न मागहरूसहित प्रदर्शनमा उत्रिएका व्यवसायीहरूः












