

बस दुर्घटनामा १२ जना घाइते

सुर्खेत – सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा २४ जना यात्रु सवार रहेकोमा १२ जना घाइते भएको र अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
४ जना गम्भीर घाइते भएका छन् भने, केही घाइतेहरुलाई उपाचारको लागि नेपालजगञ्ज पठाइएको छ । केहीको महेलकुना अस्पतालमा उपचार भइरहेको छ ।
सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १५ मिटर तल खसेको छ ।

