सहारा विकास बैंकको सेयर कारोबार रोक्का


काठमाडौं– सहारा विकास बैंकको सेयर रोक्का भएको छ । सहारालाई गरिमा विकास बैंकले एक्वाएर गर्ने भएपछि सेयर रोक्का भएको हो । गरिमा विकास बैंकले एक्वायर गर्ने भएपछि आइतबार (असोज १८ गते) देखि सहारा विकास बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ ।

अब सहाराका लगानीकर्ताले एकीकृत कारोबारपछि गरिमाको नामबाट सेयर खरिदबिक्री गर्न पाउनेछन् । यी दुई बैंकबीच शुक्रबार एक्विजिसन सम्बन्धी सहमति भएको हो ।

प्रतिक्रिया