

काठमाडौंमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाडौं – काठमाडौंको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।
हिजो बेलुका साढे ७ बजेतिर ठूलो पानी परेका बेला बाटो हिंडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।
उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

