पाकिस्तानको अदालत परिसरमै गोली हानाहान, नौँको मृत्यु, २० जना घाइते


काठमाडौं – पाकिस्तानको एक अदालत परिसरमा दुई समूहबीचको गोली हानाहान हुँदा ९ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तर पश्चिमस्थित दीर जिल्लामा रहेको एक जनजाति अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जग्गाको बिषयमा भएको बिबाद समाधानका लागि अदालत पुगेका दुबै समूहबीच गोली हानाहान भएको बुझिएको छ ।

घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानमा बर्षेनी जग्गा बिबादका कारण हुने झडपमा कयौंको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया