माधव नेपालसहित १४ जनालाई अदालतले पदमुक्त गर्न सक्ने यस्तो छ दलील


काठमाडौं– नेकपा एमालेले सर्वोच्च अदालतमा हालेको माधव नेपालसहित १४ जनालाई पदमुक्त गर्ने रिटको सुनुवाई मंगलबार पनि निरन्तर चलिरहेको छ। बहस नसकिएपछि सोमबार उक्त मुद्दा हेर्दाहेर्दैमा थियो।

सर्वोच्चले दलले कारबाही गरेका कतिपय रिटमा आफैंले दिएका आदेश र फैसलाको नजीरलाई दलीलका रुपमा एमालेका तर्फबाट बहस गरेका कानुन व्यावसायीले उदाहरण पेस गरेका छन्। कर्णालीका प्रकाश ज्वालासहितका ४ सांसदलाई अदालतले हटाएको, गण्डकी प्रदेशमा जनमोर्चाका सांसदलाई हटाएको सर्वोच्चकै आदेशको दलील पेस गरेका छन्।

अध्यादेश जारी हुनुपूर्व नै माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको विषय बहसका क्रममा उठाइएको थियो। यदि अदालतले उक्त नजीरलाई आधार मानेको खण्डमा कारबाही सदर हुन सक्ने सम्भावना रहेको छ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा बहस चलेको छ।

प्रतिक्रिया