पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितभन्दा करिब तेब्बर संख्यामा कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टी हुँदा २९५७ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ५२ हजार १ सय ७० जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा देशभर १३ हजार ८ सय १७ जनाको कोरोना परिक्षण गरिएकोमा १ हजार ९५ जनामा मात्र कोरोना पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ जना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार४८ पुगेको छ ।

पछिल्लो अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ३ सय २३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया