

एमाले स्थायी कमिटी आज पनि बस्दै

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र आज दिउँसो १ बजेको बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए।
हिजो आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिएका थिए।

