गौतमको नेतृत्वमा नेपाल निजामती कर्मचारी संगठनको कार्यसमिति


काठमाडौं — नेपाल निजामती कर्मचारी संगठनले रेवन्त गौतमको नेतृत्वमा १३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ ।

यही असोज २ गते काठमाडौँमा बसेको राष्ट्रिय भेलाले ११६ केन्द्रीय सदस्य, १७ पदाधिकारी, जिल्ला विभागका साथै लेखा, अनुशासनलगायत आयोग गठन गर्ने निर्णय गरेको छ ।

गौतमले विद्यमान उपलब्धिको रक्षा गर्दै कर्मचारीको अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । संगठनमा नवनिर्वाचित महासचिव शरणकुमार गुरुङले तत्कालीन सरकारले गरेको कर्मचारी समायोजनलाई सच्याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

भेलाले सङ्घ, प्रदेश तथ स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने, सङ्घीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन पहल गर्ने, कर्मचारीको पिरमर्का र गुनासो सम्बन्धित पक्षसम्म पु¥याउने निर्णय गरेको छ ।

भेलाले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र सदस्य छत्रबहादुर शाह उपसचिव भई उक्त पद रिक्त भएकाले सो पदमा युनियनको विधान, २०६९ बमोजिम मोहनकुमार घिमिरेलाई अध्यक्ष र जयदेव जोशीलाई सदस्य पदमा प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया