काठमाडौंका पूर्वमेयर पीएल सिंहले गरे विभूषण अस्वीकार

अस्वीकार गर्ने सञ्चारकर्मीको सूचीमा थपिए नारायण अमृत


काठमाडौं – संविधान दिवसका अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको पदक अस्वीकार गर्नेको सूचीमा अर्का एक राजनीतिज्ञ र एक सञ्चारकर्मी थपिएका छन् ।

नेपाली कांग्रेसका नेता एवं काठमाडौंका पूर्वमेयर पीएल सिंहले पनि पुरस्कार अस्वीकार गर्ने जनाएका छन् । सरकारले सिंहलाइ सरकारले ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ विभूषणबाट सम्मान गरेको थियो ।

त्यस्तै सरकारद्वारा घोषित विभूषण पाउने ९ सय ३ जनाको सूचीमा जनसेवा श्रीद्वारा विभूषित पत्रकार नारायण अमृतले आफूले भागबण्डा अस्वीकार गर्ने बताउँदै सामाजिक सञ्जालमार्फत पुरस्कार अस्वीकार गरेको बताएका छन् ।

अमृत लेख्छन्, भागबण्डा अस्वीकार गर्छु, आज संविधान दिवस। लोकतन्त्रिक संविधानप्रति मेरो अगाध स्नेह र सम्मान छ। जनआन्दोलनमा सहभागी भएको एउटा पेशाकर्मीका हिसावले त झन् यसको जगेर्नाप्रति सदा दायित्वबोध रहन्छ। तर संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति म सधैं अहसमत हुँदै आइरहेको छु।

यसपटकको लाममा मेरो पनि नाम देखेँ। विना खबर, विना प्रक्रिया र विना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दपर्ण देखिन्छ। कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएलार ?

त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्। यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबण्डा अस्वीकार गर्छु। दुई दशक भन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेशागत मर्ममा अझै सक्रिय रहिरहेनछु। 

धन्यवाद ।’

सरकारद्वारा प्रदान गरिएको विभूषण तथा पदक यसअघि कार्टुनिस्ट रविन सायमी र पत्रकार हरिबहादुर थापाले पनि अस्वीकार गर्ने जनाइसकेका छन् ।

 

प्रतिक्रिया