बालुवाटारमा कांग्रेसका शीर्ष नेतालाई अलग–अलग डाकेर के प्रस्ताव राख्दैछन् प्रधानमन्त्री देउवा?


काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनका सन्दर्भमा छलफल गर्न सरकारी निवास बालुवाटारमा शीर्ष नेतालाई बोलाएर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले अलग–अलग छलफल थालेका छन्।

महाधिवेशनलाई धकेलेर चुनावमा जाने या कसरी अगाडि बढ्ने भन्ने विषयमा देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग छलफल सुरु गरेका हुन्। विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग वार्ता गरेका उनले शुक्रबार पौडेललगायतका अन्य नेतासँग अलग–अलग छलफल गरेका हुन्।

पौडेलसहित महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्कासँग देउवाले छलफल गरेका हुन्। यस्तै उनले त्यसअघि डा. मिनेन्द्र रिजालसँग पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा वार्ता गरेका थिए। उनले निर्वाचन गर्नुपर्ने अवस्था आएको खण्डमा महाधिवेशन केही पर धकेल्ने प्रस्ताव पनि गरेका छन्।

प्रतिक्रिया