

नेपाल आईपुग्यो थप ४४ लाख कोरोनाविरुद्धको खोप

काठमाडौं – नेपाल एयरलाइन्सको जहाज चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेको छ ।
सरकारले खोप लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी ३३० चीन पठाएको थियो । उक्त जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।
स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो। सरकारले चीनबाट खरिद गरेको ६० लाख खोप नेपाल आईसकेको र अब फेरि खोपका लागि प्रक्रिया अगाडि बढाइएको पनि जनाइएको छ ।

