नेकपा सचिवालय बैठकः बुधबार १ बजे बस्ने गरी आजको बैठक सकियो


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनका बारेमा छलफल हुँदै रहेको जनाइएको छ ।

सचिवालय बैठक भोली (बुधबार) १ बजे पुनः बस्ने गरी आजको बैठक सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया