

१३०४ संक्रमित थपिए, २१ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा २०७३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

