

एमाले पछारिएको हो, उठ्छ र धुलो टकटक्याउँछः घनश्याम भुसाल

काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले पछारिएको भन्दै उठेर धुलो टकटक्याउँदै अघि बढ्ने बताएका छन्।
बुटवलमा बुधबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमाले महाधिवेशनसम्ममा एक जुट हुने बताए।
उनले भने,‘हामीले माधवकुमार नेपालको समूहलाई बुझाउन सकेका थिएनौं वा बुझ्न सक्नुभएन महाधिवेशनसम्म उहाँहरु पनि फर्किनुहुनेछ।’
अहिले गल्ती कोट्याउने भन्दा पनि आफूभित्रको कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने भुसालको भनाई थियो।

