जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु


जाजरकोट — नलगाड नगरपालिका—५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट—२ का ३० वर्षीया शान्ति रोकाया र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए ।

दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया