

कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला पुगे एमाले अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला झापा पुगेका छन् ।
झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् । बिर्तामोडमा आयोजना गरिएको भेलालाई एमालेका अन्य नेताले पनि सम्बोधन गर्दैछन् ।
अध्यक्ष ओली पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।
झापामा एमाले विभाजनको असर लगभग न्यून छ । माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरू सांसद पवित्रा निरौला खरेल, नरेश खरेल, रविन कोइरालालगायत सबै एमालेमै रेकाकाले झपामा पार्टी विभाजनको असर नदेखिएको हो ।

