एनआरएनए कोषाध्यक्ष पदका लागि दाहालको उम्मेदवारी


काठमाडौं -गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् । हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

संस्थाको आर्थिक सुदृढीकरण र पारदर्शिताका साथै मित्यव्ययितालगायतका ठोस कार्ययोजनाका साथ आफू चुनावी मैदानमा खडा भएको दाहालको भनाइ छ ।

बेल्जियममा स्थापित व्यवसायी उनको नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी रहेको छ भने सामाजिक सक्षेत्रमा समेत उनले उल्लेखनीय काम गर्दै आएका छन् ।

नेपालको धादिङ घर भएका उनी एनआरएनभित्र इमान्दार र जुझारु अभियन्ताको रुपमा परिचित छन् ।

प्रतिक्रिया