

विश्वभर ६ करोड ३५ लाख बढी संक्रमित, ४ करोड ३९ लाख कोरोनामुक्त

काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ३५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ९५ हजार ६ सय २८ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या ६ करोड ३५ लाख ७७ हजार २ सय २१ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार २ सय ८७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ७३ हजार ४ सय ५२ पुगेको छ ।
हालसम्म विश्वमा कोरोनाबाट मुक्त हुनेको संख्या ४ करोड ३९ लाख ७३ हजार ९ सय ५३ जना पुगेका छन् ।
विश्वमा सबैभन्दा धेरै संक्रमित हुने अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म १ करोड ३९ लाख १९ हजार ६ सय ९ पुगेका छन् । पछिल्लो २४ घन्टामा १ लाख ६१ हजार ३ सय ७ जना संक्रमित थपिएका छन् । त्यस्तै हालसम्म मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३ सय ३१ जना पुगेका छन् ।
नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ६३ हजार २ सय ५४ जना पुगेको छ । त्यस्तै भारतमा हालसम्म १ लाख ३७ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

