


पार्टी एकताका नाममा जालझेल गरियाे : अध्यक्ष नेपाल

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिएका छन् । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका छन् ।
सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उनले संसदमा नाटक प्रदर्शन भइरहेको भन्दै टिप्पणी गरेका छन् । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएको पनि उनले बताए ।
भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्ने परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताए । एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उनको भनाइ छ ।

