विश्वकप फुटबलको युरोपेली छनौट खेलः पोर्चुगलको शानदार जित


काठमाडाैं – विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले अजरवैजान माथी शानदार जित निकालेको छ । मंगलबार राति पोर्चुगलले अजरवैजानलाई ३-० ले पराजीत गरेको हो । बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

आन्द्रे सिल्भाले ३१ औं मिनेटमा गोल गर्दै पोर्चुगललको अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ७५ औं मिनेटमा जोटाले गोल टालीलाई जित दिलाए । पोर्चुगल रोनाल्डोबिनै मैदानमा उत्रिएको थियो ।

राष्ट्रिय टिमबाट कीर्तिमानी गोलकर्ता बनेका रोनाल्डोले खुसीयाली मनाउने क्रममा कार्ड खादै अर्को खेल गुमाउने भएका थिए । जितसहित पोर्चुगल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया