

हक्कानी बने अफगानी गृहमन्त्री, जसकाे टाउकाे थियाे अमेरिकी डलर ५० लाखकाे

काबुल – २० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छाडे । २० वर्षपछि नै दोस्रो पटक तालिबानले अफगानिस्तानमा मंगलबार साँझ औपचारिक रूपमा आफ्नो सरकार घोषणा गरेको छ ।
तालिबान एक घोषित आतंकवादी संगठन हो, त्यसैले प्रस्ट थियो– उसको सरकारमा आतंककारी व्यक्तिले नै स्थान पाउनेछन्, नभन्दै पाए पनि । तीमध्ये एक जनाको नाम र उनले पाएको जिम्मेवारी सुन्दा अमेरिका र विश्व नै आश्चर्यमा पर्नेछन् ।
त्यो नाम हो- सिराजुद्दिन हक्कानी । उनी तालिबान सरकारमा गृहमन्त्री बनेका छन्। उनी ती व्यक्ति हुन्– जसको टाउकाकाे मूल्य अमेरिकाले ५० लाख डलर (नेपाली रुपैयाँ झण्डै ५९ करोड २० लाख) घोषणा गरेको छ ।
सिराजुद्दिन र उनका पिताले सन् २००८ मा काबुलमा भारतीय दूतावासमा पनि आक्रमण गरेका थिए । जसमा ५८ जना मारिएका थिए । सन् २०११ मा अमेरिकाको ज्वइन्ट चिफ्स अफ स्टाफका जनरल रहेका माइक मुलेनले हक्कानी नेटवर्कलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई को दाहिने हात भनेका थिए । एजेन्सी

