राजनीतिमा छिरे प्रधानमन्त्री देउवापुत्र जयवीरसिंह


काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापुत्र जयवीरसिंह राजनीतिमा छिरेका छन्। उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन्।

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट जयवीरसिंहले क्रियाशील सदस्यता लिएका छन्। नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम छ।

प्रधानमन्त्री देउवा र नेत्री समेत रहेकी आरजु राणापुत्र जयवीर यसअघि राजनीतिमा औपचारिक रुपमा थिएनन्। अध्ययनमा व्यस्त उनी महाधिवेशन नजिकिँदै गएपछि राजनीतिमा छिरेका हुन्।

प्रतिक्रिया