
वाईसीएल केन्द्रीय समितिमा प्रचण्डको हस्तक्षेप, संयोजकमा देवकोटा
काठमाडौं– नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेका छन्।
केन्द्रीय समितिबाट नयाँ नेतृत्व चयन गर्ने विषय टुंगो नलागेपछि प्रचण्डले हस्तक्षेप गरी संयोजक र सह–संयोजक तोकेका छन्।
वाईसीएल संयोजकमा कास्कीका सुमन देवकोटा चयन भएका छन् भने सह–संयोजकमा सुबोधराज शेर्पाली छानिएका छन्। अन्य पदाधिकारी चयन नगरी केन्द्रीय समिति बैठक टुंगो लागेको छ।
जिम्मेवारी पाएका दुवैले केही समयमा राष्ट्रिय सम्मेलन गरी पदाधिकारी चयन गर्ने जिम्मेवारी पनि पाएका छन्।



कागजपत्र |
