


इजरायलमा पहिलो पटक टाउको जोडिएका जुम्ल्याहाको सफल शल्यक्रिया

काठमाडाैं – इजरायलमा पहिलो पटक टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ । टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको छ ।
टाउको जोडिएका कारण विपरीत दिशामा फर्कनु पर्ने उनीहरुले शल्यक्रियापछि एक अर्कालाई देखेका छन् । बिरशेबाकाे अस्पताल साेराेका मेडिकल सेन्टरमा झण्डै १२ घण्टा लगाएर जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया गरिएको हो ।
उनीहरुको शल्यक्रियामा इजरायल तथा अरु देशका विशेषज्ञ डाक्टर सहभागी भएका थिए । विश्वमा कमै मात्रै हुँदै आएको शरीर छुट्टाउने शल्यक्रिया इजरायलमा पहिलो पटक गरिएको हो । शल्यक्रियामा सहभागी डाक्टरले दुवैका लागि टाउकाको छाला ग्राफ्ट गरिएको बताएका छन् । ती दिदीबहिनी गएको वर्ष अगस्टमा जन्मिएका हुन् । बीबीसी

