


केपी ओलीको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो, आयोगसँग लिखित जवाफ माग्यो

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनालाई कारबाही गरेको निर्णयविरुद्ध सभामुख, निर्वाचन आयोगले कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतमा परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
२८ भदौमा लुम्बिनी प्रदेशका दुई सांसदलाई समेत कारबाही गरेको विषयमा छलफलका लागि बोलाइएको छ। एमालेसहित सभामुख अग्नी सापकोटा, लुम्बिनीका सभामुखलाई बोलाएको अदालतले निर्वाचन आयोगसँग भने लिखित जवाफ माग गरेको छ।
उक्त मुद्दामा अन्तरिम आदेश दिने या नदिनेबारे छलफल हुनेछ। मुद्दाको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गरेको थियो।

