

ओलीको प्रश्न– अग्नी सापकोटा सभामुख हो की गठबन्धनको प्यादा र मतियार?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटा सत्ता गठबन्धनको प्यादा र मतियार बनेको बताएका छन्।
राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २३ भदौमा आह्वान गरिएको प्रतिनिधि सभाको बैठकमा एमालेले सभामुखलाई गठबन्धनको प्यादा र मतियार हो कि सभामुख भनेर प्रश्न सोध्ने ओलीको भनाई थियो।
एमाले बाघ पार्टी भएको बताएका ओलीले ‘कस्ता मानिसलाई कस्ता पदमा पुराइएछ’ भन्दै सापकोटामाथि कटाक्ष गरेका थिए।

